RE
Global College

दोस्रो त्रैमासमा साउदी अरामकोको नाफा ४४ प्रतिशतले बढ्यो

काठमाडौं । स्ट्रेट अफ होर्मुज  र बाब अल-मन्देव  जलडमरूमध्यमा अवरोधका बाबजुद साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोले वर्षको दोस्रो त्रैमासमा ४४ प्रतिशत नाफा कमाएको छ।

प्रशोधित तथा रासायनिक उत्पादनका साथै प्रशोधन नगरिएको तेल (क्रुड ओयल) को मूल्यमा भएको वृद्धिका कारण कम्पनीले अप्रिलदेखि जुनसम्मको अवधिमा ३२.६९ अर्ब अमेरिकी डलर खुद नाफा कमाएको छ।

तथापि, गत हप्ता सार्वजनिक आधिकारिक तथ्यांक अनुसार साउदी अरबमा तेल सम्बन्धी गतिविधि गत वर्षको सोही अवधिको तुलनामा २४.७ प्रतिशतले घटेको छ। जसका कारण दोस्रो त्रैमासमा साउदीको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४.८ प्रतिशतले खुम्चिएको छ।

इरानद्वारा होर्मुज जलडमरूमध्य बन्द गरिनु र खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा भएका आक्रमणका कारण सो क्षेत्रमा तेल उत्पादन प्रभावित भइरहेको समयमा यो नतिजा आएको हो। यता, यमनका हुथी विद्रोहीहरूले बाब अल-मन्देव जलडमरूमध्यमा साउदी अरबविरुद्ध घोषणा गरेको नाकाबन्दीका कारण रातो सागरतर्फ जाने साउदीको ‘इस्ट-वेस्ट’ पाइपलाइन प्रयोग गर्ने प्रयासमा समेत बाधा पुगेको छ।

NECO

Leave Your Comment

Related News