RE
Global College

माछापुच्छ्रे बैंकले रेटिङका लागि रोज्यो इक्रा नेपाल, केयर रेटिङ्सलाई गर्यो ‘वाइपास’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले क्रेडिट रेटिङ एजेन्सी फेर्ने क्रममा केयर रेटिङ्स नेपालबाट आफ्नो रेटिङ फिर्ता गराएको छ। बैंकको आफ्नै अनुरोध तथा विद्यमान क्रेडिट रेटिङ नियमावली र केयर रेटिङ्सको नीति अनुसार कम्पनीको ‘इसुअर रेटिङ’  फिर्ता लिइएको केयर रेटिङ्स नेपालले जनाएको छ।

रेटिङ फिर्ता लिने प्रक्रिया अनुसार बैंकले पहिलोपटक २०२६ जनवरी २५ मा केयर रेटिङ्स नेपालसमक्ष रेटिङ फिर्ताका लागि आधिकारिक निवेदन पेस गरेको थियो। नियमानुसार निश्चित समयको सूचना अवधि  पूरा भएपछि एजेन्सीले २०२६ अगस्ट ३ मा माछापुच्छ्रे बैंकको इसुअर रेटिङ पूर्ण रूपमा फिर्ता लिइएको सार्वजनिक गरेको छ।

रेटिङ एजेन्सी हेरफेरसँगै बैंकले इक्रा नेपालमार्फत नयाँ रेटिङ मूल्याङ्कनको प्रक्रिया अघि बढाउने बैंकका मुख्य सूचना अधिकारी सुनिल खतिवडाले बताए। उनका अनुसार अब चाँडै इक्रा नेपालमार्फत नयाँ रेटिङ सार्वजनिक हुनेछ।

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. १ र धितोपत्र बोर्डको क्रेडिट रेटिङ नियमावली, २०६८ को दफा ३ र २४ को व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना वित्तीय पारदर्शीता, जोखिम व्यवस्थापन र दायित्व भुक्तानी क्षमताको मूल्याङ्कनका लागि अनिवार्य रूपमा आवधिक क्रेडिट रेटिङ गराउनुपर्ने प्रावधान रहेको छ।

NECO

Leave Your Comment

Related News