काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका छन् । आर्थिक बिस्तार, आर्थिक बृदि र समृदी हासिल रोजगारि सिर्जना गर्ने भन्दै उनले ब्यबसायी उधोगी, बैंकर संग नियमित सम्वाद गरिरहेका छन् यसैको सिलसिला स्वरूप आज उनले नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्न लागेका हुन् ।
हिजो मात्र उनले नेपालका क बर्गका बाणिज्य बैंककका प्रमुख कार्यकारी अधिकृत हरुसँग सामिहिक छलफल गरेका छन त्यपश्चात आज ऊनले कार्यकारी निर्देशकसँग छलफक गर्न लागेका हुन् ।
अर्थमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आजको राष्ट्र बैक कार्यकारी निर्देशकसँगको भेटमा अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्नमा केन्द्रित हुनेछ
आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरलाई भने निमन्त्रणा गरिएको छैन । अर्थमन्त्रीको निजि सविवालयले केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरसँगको नियमितजसो हुने भएकाले आज कार्यकारी निर्देशकलाइ मात्र डाकिएको हो । आजको बैठकको आयोजना गर्भनर र डेपुटी गभर्नरको सल्लाह र समन्ययमा राखिएको बताइएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारि निर्देशकसँगको सामुहिक भेट यो सम्भवत पहिलो रहेको छ ।


