CLI

स्पेसएक्सको रकेट करिब १ बजेर २० मिनेटमा चन्द्रमामा ठोक्किन, पृथ्वीमा असर नपर्ने

काठमाडौं । स्पेसएक्सको फाल्कन ९ रकेटको करिब ४ टन (४,००० किलोग्राम) तौल भएको एउटा भाग प्रतिघण्टा ५,००० माइल (करिब ८,०५० किलोमिटर) भन्दा बढी गतिमा बुधबार बिहान अनपेक्षित रूपमा चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ।अमेरिकी समयअनुसार बुधबार बिहान २ बजेर ३५ मिनेटमा अर्थात् नेपाली समयअनुसार बुधबार दिउँसो करिब १ बजेर २० मिनेटमा उक्त रकेटको टुक्रा चन्द्रमामा ठोक्किने अनुमान गरिएको छ ।

उक्त भाग स्पेसएक्सको फाल्कन ९ रकेटको दोस्रो चरण (सेकेन्ड स्टेज/अपर स्टेज) हो, जुन गत वर्षदेखि अन्तरिक्षमा तैरिरहेको छ। फाल्कन ९ रकेट १५ जनवरी २०२५ मा दुईवटा व्यावसायिक रोबोटिक चन्द्र अवतरण यान (ल्यान्डर) बोकेर प्रक्षेपण गरिएको थियो।

रकेटको पहिलो चरण (बुस्टर), जसले प्रक्षेपणका बेला मुख्य शक्ति प्रदान गरेको थियो, आफ्नो काम पूरा गरेपछि पृथ्वीमा सुरक्षित रूपमा फर्किएको थियो। तर दोस्रो अथवा अपर स्टेजले ल्यान्डरहरूलाई चन्द्रमातर्फको यात्रामा आवश्यक गति र दिशा प्रदान गरेपछि आफ्नो मिशन पूरा गरी अन्तरिक्षमै छाडिएको थियो। त्यसयता यो अन्तरिक्षमा अनियन्त्रित रूपमा परिक्रमा गरिरहेको थियो।

नासा सहितका अनुसन्धानकर्ताहरूले तयार पारेको प्रारम्भिक अध्ययन (प्रिप्रिन्ट) अनुसार, यो ठक्करले पृथ्वीलाई कुनै खतरा पुग्ने छैन। तर चन्द्रमाको सतहमा करिब २० देखि ३० मिटर (६५ देखि ९० फिट) व्यासको नयाँ खाडल (क्रेटर) बन्ने अनुमान गरिएको छ।

यो ठक्कर पृथ्वीबाट नाङ्गो आँखाले देख्न सकिने छैन। शक्तिशाली दूरबिनबाट समेत यसलाई प्रत्यक्ष अवलोकन गर्न कठिन हुन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

क्यानडाको ओन्टारियोस्थित वेस्टर्न विश्वविद्यालयका  अनुसार यदि चन्द्रमालाई घडीको रूपमा कल्पना गर्ने हो भने, यो करिब १० बजेको स्थानतिर ठोक्किनेछ। तर अहिले चन्द्रमाको त्यो भाग सूर्यको प्रकाशले उज्यालो भएकाले ठक्करबाट उत्पन्न हुने चमक चन्द्रमाको उज्यालोमा धेरै हदसम्म हराउनेछ।

Leave Your Comment

Related News