CLI

एभरेष्ट बैंकको नाफामा सुधार,लाभांश क्षमतामा वृध्दि

काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफामा सुधार देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ।

बैंकले गत असार मसान्तसम्म ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ०.९७ प्रतिशतले बढी हो। बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ७ अर्ब ३४ करोड ८४ लाख रुपैयाँबाट बढेर ७ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ।

गत आवमा बैंकको निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब १६ अर्ब १ करोड १ लाख रुपैयाँ पुगेको छ। यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको रिजर्भ कोषमा १५ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ सञ्चित रहेको छ।

बैंकले लाभांश वितरण गर्न सक्ने बलियो क्षमता बनाएको छ। गत असार मसान्तसम्ममा बैंकको खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफा र नगद लाभांश भुक्तानी समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यस अनुसार बैंकले शेयरधनीलाई ३८.३२ प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ।

समीक्षा अवधिमा अघिल्लो आवको अन्त्यमा निष्कृय कर्जा अनुपात ०.३८ प्रतिशत रहेकोमा सामान्य बढेर ०.४९ प्रतिशत पुगेको छ। यस अवधिमा चुक्ता पूँजी बढेकाले बैंकको प्रतिशेयर आम्दानी ३७.३९ रुपैयाँबाट घटेर ३६.९५ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ २५६.४७ रुपैयाँ रहेको छ भने सीडी रेसियो ७७.५७ प्रतिशत रहेको छ।

Leave Your Comment

Related News