काठमाडौं । नेप्से परिसूचक ४.७९ अंकले बढेर २६६७.९७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५० वटा कम्पनीको १ करोड ६७ हजार कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ४० करोड ९८ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ३३ करोड ९० लाख रुपैयाँले बढेको हो । मंगबार कारोबार रकम ४ अर्ब ७ करोड ८ लाख रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स ०.६० अंकले घटेर ४६७.३६ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०३ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३० अंकले घटेको छ ।
यस दिन सबै ८ उप समूह घटेका छन् भने ६ उप समूह बढेका छन् । बैंकिङ ०.४२ प्रतिशत, विकास बैंक ०.५०,वित्त ०.३४, लगानी ०.०६, जीवन बीमा ०.०७, लघुवित्त ०.३२, म्युअुचल फण्ड ०.०६ र निर्जीवन बीमा ०.१० प्रतिशतले घटेका छन् । होटल्स तथा पर्यटन समूह ०.२२ प्रतिशत, जलविद्युत १.४५, उत्पादन र प्रशोधन ०.०२, अन्य समूह ०.२६ र व्यापार समूह १.६० प्रतिशतले बढेका छन् ।
सोलु हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।


