CLI

नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा

काठमाडौं नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औं वार्षिक साधारणसभासँगै हुने २५औं कार्यसमिति निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमाभरत एण्ड टिमले आफ्नो प्यानल सार्वजनिक गरेको छ। आगामी अगस्ट १४, २०२६ मा हुने निर्वाचनका लागिसशक्त नाट्टा समृद्ध पर्यटन: सदस्यसँगै, सदस्यका लागिभन्ने नाराका साथ यो समूह चुनावी मैदानमा उत्रिएको हो।

यस प्यानलमा एभरेष्ट मिरेकल ट्राभल्स एण्ड टुर्सका सञ्चालक भरत जंग पाण्डेले अध्यक्ष पदका लागि नेतृत्व गर्नुभएको छ। उनको टिमबाट वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभल सर्भिसका सुनिल शर्मा, उपाध्यक्षमा एरो ट्राभल एण्ड टुर्सकी सबिता केसी भट्टराई, महासचिवमा वर्ल्ड फेभर ट्राभल एण्ड टुर्सका राजकुमार देवकोटा, सचिवमा रुपसे होलिडेजका रमेश पराजुली, कोषाध्यक्षमा थामसेर्कु ट्राभलकी डिकी शेर्पा सहकोषाध्यक्षमा ह्याम्लेट टुर्स एण्ड ट्राभल्सका जीवन कोइरालाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, कार्यसमिति सदस्यहरूका रूपमा रोयल ट्राभल्स एण्ड टुर्सका दिनानाथ पाण्डे (प्रकाश), शुभम् ट्राभल्स एण्ड टुर्सका दिनेश मैनाली, सोदिप ट्राभल एण्ड टुर्सका दीपक मरासिनी आइज ट्राभल एण्ड टुर्सका नबिन गुरुङले आफ्नो दाबेदारी प्रस्तुत गरे कार्यसमिति सदस्यकै अन्य उम्मेदवारहरूमा प्रभास ट्राभल एण्ड टुर्सका प्रकाश लोहनी, आर्य भिलेज ट्राभलकी सरला सापकोटा, हाम्रो होलिडेजका सुमन लाल श्रेष्ठ सिटी कनेक्ट ट्राभल्स एण्ड टुर्सकी स्वस्तिका प्रधान रहेकि छिन्।

अनुभवी युवा पर्यटन व्यवसायीहरूको समिश्रण रहेको यो प्यानलले पर्यटन क्षेत्रको नीतिगत सुधार, व्यावसायिक हकहितको संरक्षण नाट्टालाई समयसापेक्ष आधुनिक बनाउने संकल्प गरेको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरू सम्मिलित यो समूहले देशभरका सदस्य व्यवसायीहरूसँगको भेटघाट चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ।

Leave Your Comment

Related News