CLI

नर्भिक इन्टरनेशनलले ४२.११ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।  नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले कुल ४२ दशमलव ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २२ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साउन १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि म्यारियट, होटल, काठमाडौंमा अपरान्ह १२ः३० बजे सभा गर्ने निर्णय गरको हो । सभाले लाभांश प्रस्तावलाई पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु समेत पारित गर्नेछ । साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

२० प्रतिशत बोनस शेययर वितरणपछि कायम हुने चुक्तापूँजीको २० प्रतिशत बराबरको आईपीओ सर्वसाधारणमा जारी गर्न आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेनिर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा साउन २९गते शुक्रवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनी बुक विल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारीमा समेत रहेको छ ।

Leave Your Comment

Related News