RE
Global College

नेप्सेमा दुई म्युचुअल फण्डका २७ करोड ५० लाख इकाई सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई बन्दमुखी म्युचुअल फण्डका कुल २७ करोड ५० लाख इकाई सूचीकृत भएका छन्।

बुधबार नेप्सेमा एलएस होराइजन १२ का १५ करोड इकाई तथा सानिमा इक्विटी फण्ड–२ का १२ करोड ५० लाख इकाई सूचीकृत भएका हुन्।

बन्दमुखी प्रकृतिका यी दुवै योजनाका इकाई दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था अनुसार साउन २१ गतेदेखि नेप्सेमार्फत कारोबारमा आउनेछन्।

सूचीकृत योजनामध्ये सानिमा इक्विटी फण्ड–२ को अवधि १० वर्ष रहेको छ भने एलएस होराइजन १२ को अवधि १२ वर्ष निर्धारण गरिएको छ।

सानिमा इक्विटी फण्ड–२ को योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको छ भने एलएस होराइजन १२ को योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

NECO

Leave Your Comment

Related News