RE
Global College

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका छन्।

कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको साउन २१ गते बसेको बैठकले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उम्मेदवारहरू छनोट गरेको हो।

छनोटमा परेका उम्मेदवारमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।

समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्जुन कुमार गौतमको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेको बिहान ८ बजे, पर्वत कुमार कार्कीको साँझ ५ बजे र यज्ञप्रकाश न्यौपानेको साँझ ६ बजे हुनेछ।

त्यस्तै, समता पन्त भट्टको भने प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजेका लागि तय गरिएको छ।

सबै उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा सञ्चालन हुने नागरिक लगानी कोषले जनाएको छ।

NECO

Leave Your Comment

Related News