RE
Global College

अब अनलाइनबाट कन्सुलर प्रमाणीकरण सेवा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कन्सुलर प्रमाणीकरण सेवालाई थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित नेपाल ई-प्रमाणीकरण प्रणालीको आरम्भ गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा बिहीबार आयोजित कार्यक्रममा खनालले प्रणालीको औपचारिक आरम्भ गरेका हुन्।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले नेपालका सरकारी निकायबाट जारी वा प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र, सिफारिस-पत्र, आधारभूत कागजात तथा अन्य आवश्यक कागजातहरूको कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने गरी उक्त प्रणाली विकास गरेको जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीले कन्सुलर प्रमाणीकरणका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउनुका साथै सेवाग्राहीको समय तथा लागतसमेत बचत हुने अपेक्षा गरिएको छ।

पछिल्लो तथ्याङ्कअनुसार वार्षिक १ लाख १२ हजारभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने गरेका छन् भने करिव ४ लाख नेपालीले वैदेशिक रोजगारीका लागि अनुमति लिने गरेका छन्। बढ्दो आप्रवासनसँगै कागजात प्रमाणीकरणको चाप पनि बढेको सन्दर्भमा यो प्रणाली प्रभावकारी हुने मन्त्रालयको ठम्याइ छ।

NECO

Leave Your Comment

Related News