RE
Global College

२५० को सामान किन्दा १० लाखको बम्पर उपहार: ‘करदाता प्रोत्साहन कार्यक्रम’को पहिलो विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पहिलो बम्पर उपहार घोषणा गरिएको छ। काठमाडौंस्थित शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गर्ने एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर नगद पुरस्कार जितेका छन्।

सरकारले साउन १ देखि १५ गतेसम्मको कारोबारका आधारमा पहिलो बम्पर उपहार घोषणा गरेको हो। विजेता उपभोक्ताको कुपन नम्बर ००७३१५२५४४९३ रहेको छ।करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्म बैंक वा डिजिटल वालेटमार्फत अनलाइन भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी भएका थिए।

यस्तै, नगदमा खरिद गर्ने उपभोक्ताले प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो। करदाता प्रोत्साहन कार्यक्रम आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरिएको हो।

 

 

NECO

Leave Your Comment

Related News