RE
Global College

गाडीका पार्ट पूर्जाको अवैध कारोवारी पोते प‌क्राउ

काठमाडौं । अवैध रुपमा टाटा गाडीका  नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरि विक्रि वितरण गरि उपभोक्ता हरु ठगि  गरेको आशंका मा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीवाट राजकुमार पोते को बनेपा स्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि. को पसल तथा गोदाम मा छापा माही करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपूर्जा बरामद गरेको छ।

प्रहरी द्वारा निजको पसल र १० वोटा गोदाम मा सिलबन्द गरि निजलाई पक्राउ गरेको छ। निज यस अगाडी पनि बारम्बार राजस्व ठगिको केसमा पक्राउ गरि कारबाहीमा परेका व्यक्ति हुन ।

यस्ता नक्कली  पार्टपूजाहरूका प्रयोगले  गाडीहरुको दुर्घटना व्यापक बढेर ठूलो मात्रामा जनधनको क्षती हुनुको साथै राजश्वको ठूलो हिस्सा गुमिरहेको छ । साथै वैधानिक रूपमा कारोवार गर्ने व्यवसायीहरु प्रत्यक्ष रुपमा प्रभावित भै व्यवसायवाटै पलायन हुने अवस्थामा पुगेका छन। यस कुरालाई ध्यानमा रा‌ख्दै प्रहरी प्रशासन द्वारा देशभर यस्था अवैध कारोवार मा संलग्न व्यक्तिहरू‌को व्यापक खोजी कार्य र कारवाहीलाई तिव्र बनाउने जनाएको छ।

NECO

Leave Your Comment

Related News