CLI

कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभाशं दिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त, २०८३ सम्म अनुपातिक रुपमा ९ प्रतिशत र साधारण शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभाशं (कर समेत) घोषणा गरेको हो ।

उक्त लाभाशं नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको २० औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात् शेयरधनीहरुले प्राप्त गर्नेछन्। गत वर्ष बैंकले बोनस शेयर र नगद लाभांश गरी जम्मा १५.७८९५ प्रतिशत लाभाशं वितरण गरेको थियो ।

साउन २२ गते  बसेको सञ्चालक समितिको ४१९ औं बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

Leave Your Comment

Related News