काठमाडौं । उद्योग मन्त्री गौरीकुमारी यादवले नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । शनिबार उनले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।
मन्त्री यादवको सचिवालयले भनेको छ, ‘उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको अत्यधिक गुनासोपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले आज शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गर्नुभएको छ ।’


