CLI

बैतडीका १७८ जनाले घरमै पाए राहदानी

बैतडी । बैतडीमा हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा प्रभावकारी बन्दै गएको छ ।

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । जिल्ला हुलाक कार्यालयका प्रमुख प्रकाशसिंह कार्कीका अनुसार कार्यालयले २४८ राहदानी वितरणको लक्ष्य लिएकामा १७८ जनालाई उनीहरुका घरमै सेवा प्रदान गरिएको छ ।

उनले भने, ‘बाँकी राहदानी पनि सम्बन्धित पालिकामार्फत सेवाग्राहीका घरमा पठाइसकेका छौं ।’

जिल्लाका सबै स्थानीय तहमा सेवा पुगेको छ । नौ वटा पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा प्रवाह गरिएको उनले बताए ।

Leave Your Comment

Related News