RE
Global College

ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा बजार मूल्यभन्दा बढी मूल्यमा खाना पकाउने एलपी ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्ने ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको किराना पसलमा चेकजाँच तथा अनुगमन गर्दा ३ थान एलपी ग्यास सिलिन्डर फेला पारेको प्रहरीले जनाएको छ।

बजार मूल्यभन्दा कयौँ गुणा बढी मूल्यमा ग्यास बिक्री गरी कालोबजारी गरेको आरोपमा त्वयनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक कुमार कार्कीका अनुसार पक्राउ परेका त्वयनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

NECO

Leave Your Comment

Related News