काठमाडौं । नेपालका लागि मोरिस ग्यारेजेस (एमजी) को आधिकारिक बिक्रेता रहेको कम्पनी पारामाउन्ट मोटर्सले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन, नाइमा अटो सो २०२६’ एमजी े प्लग–इन हाइब्रिड (एचएस पीएचइभी) सार्वजनिक गर्ने भएको छ । बेलायत कम्पनी एमजीको लागि नेपालको आधिकारितक बिक्रेता पारामाउन्ट मोटर्सले नाइमालाई लक्षित गरी एमजी एचएस पीएचभी सार्वजनिक गर्न लागेको हो ।
नयाँ पुस्ताका लागि लक्षित एमजी एचएस पीएचभी आर्कषक, नयाँ प्रविधियुक्त, पारिवारिक टिकाउ र बलियो सवारी साधान रहेका एमजी र परामाउन्टको दाबी रहेको छ ।
एमजी मोटरले नयाँ पुस्ताको लागि पीएचइभी पावरट्रेनसहितको एमजी एचएस पीएचइभी नेपाली बजारका लागि ल्याइएको हो । कम्पनीका अनुसार नयाँ एसयूभीले एकपटक पूर्ण चार्ज गर्दा विश्वव्यापी सामञ्जस्यपूर्ण हल्का सवारीसाधन परीक्षण प्रक्रिया (डब्लुएलटीपी) संयुक्त परीक्षणअनुसार १०० किलोमिटरसम्म पूर्ण विद्युतीय रेन्ज प्रदान गर्न सक्छ ।
नयाँ एमजी एचएस पीएचइभी मा १.५ लिटर टर्बो पेट्रोल इन्जिन प्रयोग गरिएको छ। उक्त इन्जिनले १४३ एचपी शक्ति उत्पादन गर्छ भने १३५ किलोवाट अर्थात् १८३ एचपी क्षमताको विद्युतीय मोटर समावेश गरिएको छ। दुवै प्रणालीको संयुक्त पावर आउटपुट २७२ फफर्ड स्ट्ररेक (पीएस) रहेको छ।
गाडीमा २१.४ किलोवाट हर्ज क्षमताको ब्याट्री जडान गरिएको छ। ७ किलोवाट अल्टरनेटिङ करेन्ट चार्जिङमार्फत वालबक्स प्रयोग गर्दा ब्याट्री करिब ३ घण्टामा पूर्ण चार्ज गर्न सकिने छ । पूर्ण विद्युतीय मोडमा यसले डब्लुएलटीपी अनुसार १०० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

६.८ सेकेन्डमै ०–१०० किमी/घण्टा
एजी एच एच पीएचइभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा हासिल गर्न सक्ने कम्पनीले जनाएको छ। गाडीमा इलेक्ट्रिक तथा हाइब्रिड दुवै मोड उपलब्ध छन् ।
हाइब्रिड मोडमा गाडीले सिरिज र समानान्तर दुवै प्रकारको हाइब्रिड प्रणाली प्रयोग गर्न सक्छ । गाडीको गति, एक्सेलेरेसनको आवश्यकता तथा ब्याट्रीको चार्ज अवस्थाका आधारमा प्रणालीले उपयुक्त ड्राइभिङ मोड स्वतः छनोट गर्ने बताइएको छ ।
कम्पनीका अनुसार एमजी एचएस पीएचइभी को डब्लुएलटीपी अनुसार कार्बनडाइअक्साइड उत्सर्जन १४ ग्राम प्रतिकिलोमिटर रहेको छ । पेट्रोल इन्जिन र विद्युतीय प्रणालीको संयोजनबाट यसको संयुक्त रेन्ज १,००० किलोमिटरभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ ।
१९ इन्चका पाङ्ग्रा र स्पोर्टी डिजाइन
नयाँ एमजी एचएस पीएचइभीको लागि नयाँ नै डिजाइन अपनाइएको छ। चौडाई फ्रन्ट ग्रिल, आधुनिक एलइडी हेडलाइट, फ्लोटिङ पिलर र गतिशील रूफलाइनले गाडीलाई स्पोर्टी स्वरूप दिएको छ ।
गाडीमा सबै ट्रिममा १९ इन्चका एलोय पाङ्ग्रा स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् ।
भित्री भागमा तेर्सो र सममित ड्यासबोर्ड डिजाइन, सफ्ट–टच सामग्री तथा उच्चस्तरीय फिनिस प्रयोग गरिएको छ। अगाडि र पछाडिका यात्रुका लागि पर्याप्त लेगरुम र हेडरुम उपलब्ध गराइएको कम्पनीको दाबी छ।

१३ वटा एडीएएस र ७ एयरब्याग उपलब्ध
सुरक्षाका लागि नयाँ एमजी एचएस पीएचइभी मा १३ वटा अत्यधुनिक चालक सहयोगी प्रणाली (एडीएएस) उपलब्ध छन् । यसमा ७ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा समेत समावेश छन् ।
३६० डिग्रीको चारैतर्फ हेर्न मिल्ने मोनिटरले पार्किङ तथा कम गतिमा सवारी चलाउँदा चालकलाई सहयोग गर्नेछ । यद्यपि क्यामेराको दृश्य सीमित हुन सक्ने भएकाले वरपरको अवस्था प्रत्यक्ष रूपमा जाँच गर्ने जिम्मेवारी चालककै हुने कम्पनीले जनाएको छ ।
गाडीको संरचनामा ७० प्रतिशतभन्दा बढी उच्च–शक्तिको स्टिल प्रयोग गरिएको छ । चालक र अगाडिको यात्रुको सुरक्षाका लागि केन्द्रीय फ्रन्ट एयरब्यागसमेत उपलब्ध छ ।
१२.३ इन्चका दुई स्क्रिन र आई स्मार्ट कनेक्टिभिटी
नयाँ एमजी एचएस पीएचइभीमा १२.३ इन्चका दुईवटा स्क्रिन उपलब्ध छन्। यसमा इन्फोटेनमेन्ट प्रणाली, रियरभ्यु क्यामेरा, ह्यान्ड्स–फ्री एक्सेसलगायतका सुविधा स्ट्यान्डर्ड रूपमा दिइएको छ ।
एमजीको आई स्मार्ट कनेक्टिभिटी प्रणालीमार्फत गाडी, इन्टरनेट र प्रयोगकर्ताबीचको सञ्चारलाई एकीकृत गरिएको छ । स्मार्टफोन एपबाट गाडीको स्थान तथा अवस्था जाँच गर्न, साथै गाडीमा प्रवेश गर्नुअघि नै एयर कन्डिसनिङ प्रणाली नियन्त्रण गरी केबिनको तापक्रम मिलाउन सकिने सुविधा पनि रहेको छ ।
५०७ लिटरको बुट स्पेस
परिवारलाई लक्षित गरी तयार गरिएको एमजी एचएस पीएचइभीमा ५०७ लिटरको बुट स्पेस उपलब्ध छ । सामान व्यवस्थित गर्न कार्गो नेटसमेत दिइएको छ ।
क्याबिनभरि साना सामान राख्न १९ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन्। पछाडिका यात्रुका लागि मात्रै ८ वटा स्टोरेज स्पेस रहेको कम्पनीले जनाएको छ। बालबालिकाको सिट जडानका लागि पछाडिको भागमा आइएसओ फिक्स एट्याचमेन्ट पोइन्ट पनि उपलब्ध छ।
नयाँ एमजी एचएस पीएचइभीले विद्युतीय सवारीको कम सञ्चालन लागत र शान्त ड्राइभिङ अनुभवसँगै पेट्रोल इन्जिनको लामो दूरीको क्षमतालाई संयोजन गर्ने उद्देश्य राखेको छ। कम्पनीका अनुसार यसले दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि पीएचभी प्रविधिलाई व्यावहारिक विकल्पका रूपमा प्रस्तुत गर्छ।

पारामाउन्ट कम्पनी
२०१६ मा खुलेको पारामाउन्ट मोटर्स प्रालि २०१६ बाट नै नेपालमा एमजीको गाडीको बिक्री गर्दै आएको छ । त्यस्तै, कम्पनीले सन् २०२० बाट जापानको माज्दा मोटर कर्पोरेसनसँग पनि आधिकारिक बितरकका रुपमा सम्झौता गरेको छ । साथै यो कम्पनीले पछिल्लो समय २०२१ मा चीनको एसएआईसी म्याक्सस अटोमोटिभ र २०२४ मा चीनकै वुलिङ कम्पनीसँग सम्झौता गरेको छ ।
कम्पनीमा नेपालका तीन व्यवसायिक समूह विशाल ग्रुप, मुरारका ग्रुप र सांघाई ग्रुपको लगानी रहेको छ । यो कम्पनीमा सबैभन्दा धेरै स्वामित्व ४० प्रतिशत शिरिर कुमार मुरारकाको रहेको छ ।


