CLI

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ । हाललाई उक्त सयेर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको छ । उक्त सेयर खरीद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगमी ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले स्पष्ट पारेको छ ।

Leave Your Comment

Related News