काठमाडौं । नेपाली बजारमा लीपमोटरको नयाँ इलेक्ट्रीक एसयूभी ‘बी ०३ एक्स’ सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले काठमाडौँमा आयोजित विशेष कार्यक्रममार्फत यस गाडीको औपचारिक बुकिङ खुला गरेको हो।
कासतो छ त ‘बी ०३ एक्स’ ?
यसको अगाडिको भागमा ३-सेग्मेन्ट ‘Smile’ LED लाइट बार दिइएको छ। पछाडि ‘हा-हा’ कभर्ड एलइडी टेललाइट र Sleek Spoiler छ, जसले यसलाई प्रिमियम लुक्स प्रदान गर्छ। यसको साइडमा फ्लेयर गरिएको ह्वील आर्च, कालो क्ल्याडिङ, सेमी हिडन डोर ह्याण्डल र फ्लोटिङ रूफ इफेक्ट छ। ४.२७ मिटर लम्बाई भएको यो गाडीको १० मिटरको सानो टर्निङ रेडियस ले गर्दा काठमाडौँका जाम र गल्लीमा पार्किङ गर्न निकै सहज हुन्छ।

क्याबिनमा १४.६ इन्चको फ्लाेटिङ एचडी सेन्ट्रल टचस्क्रीन र ८.८ इन्चको डिजिटल क्लस्टर छ। यसमा ५१० लिटरको फराकिलो बूट स्पेस र ३३ वटा साना-ठूला स्टोरेज स्पेस दिइएका छन्। यसका ‘म्याजिक सिट्स’ लाई फोल्ड गरेर ठूला सामान सहजै राख्न सकिन्छ।
बी ०३ एक्समा १४५ kW (१९४ hp) सम्मको शक्तिशाली मोटर दिइएको छ। यसले ० देखि १०० किमी/घण्टाको गति मात्र ८.६ सेकेन्डमा प्राप्त गर्छ। नागढुङ्गा वा थानकोटको उकालोमा गाडीले सहजै गति लिन्छ।
यस, एसयूभीमा ५ ५३ kWh क्षमताको लिथियम ब्याट्री प्याकले CLTC मानक अनुसार ५०५ किमी सम्मको रेन्ज दिन्छ। काठमाडौँको वास्तविक ट्राफिक, उकालो र खाल्टाखुल्टीयुक्त बाटोमा यसले ३६० देखि ३९० किमीसम्मको ‘रियल-वर्ल्ड रेन्ज’ सहजै प्रदान गर्छ। DC फास्ट चार्जर प्रयोग गर्दा यसको ब्याट्री १६ देखि १७ मिनेटमै ३०% देखि ८०% सम्म चार्ज हुन्छ।

नेपालका खाल्टाखुल्टीयुक्त बाटोमा यसको सस्पेन्सनले सन्तुलित राइड कम्फर्ट प्रदान गर्छ। B03X मा १४ वटा सेन्सर र क्यामेराद्वारा सञ्चालित २१ वटा ADAS Level-2 (Advanced Driver Assistance System) सुरक्षा फिचरहरू जडान गरिएको छ। Lane Keep Assist, Emergency Braking र Blind Spot Detection जस्ता प्रविधिले गर्दा नेपाली हाइवे र सहरमा गाडी हाँक्दा उच्च सुरक्षा महसुस हुन्छ।
नेपाली बजारका लागि साङ्ग्रिला मोटर्सले दुई मुख्य भेरियन्ट ल्याएको छ, Leapmotor B03X Pro (39.8 kWh Battery / 130 kW Motor) र Leapmotor B03X Pro Max / Long Range (53 kWh Battery / 145 kW Motor) उपलब्ध रहेको छ ।
बी ०३ एक्स नेपालमा मुख्यतया ५ वटा आकर्षक सहरी रङहरूमा उपलब्ध छ:
- स्टारी व्हाइट (Starry White)
- स्पेस ग्रे (Space Gray)
- स्काई ब्लू (Sky Blue)
- मिडनाइट ब्ल्याक (Midnight Black)
- ओट ग्रे (Oat Grey)

प्राविधिक विवरण
| विशेषता | विवरण |
| अधिकतम पावर (Max Power) | 130 kW / 145 kW (Front Wheel Drive) |
| ब्याट्री क्षमता (Battery) | 39.8 kWh / 53 kWh LFP Battery |
| दाबी गरिएको रेन्ज (Claimed Range) | 505 KM CLTC (Up to 382 KM WLTP – 53kWh) |
| फास्ट चार्जिङ (DC Fast) | 16–17 मिनेट (30% देखि 80%) |
| बूट स्पेस (Boot Space) | 510 Litres (Magic Fold Seats) |
| डिस्प्ले (Display) | 14.6″ HD Central Touchscreen + 8.8″ Digital Cluster |
| सुरक्षा प्रणाली | 21 ADAS Level-2 Safety Features |


