CLI

बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजना सार्वजनिक, पाँच नयाँ सेवासहित सर्भिस सेन्टरको संख्या १९ पुर्‍याउने

काठमाडौं । नेपालका लागि बीवाइडी इलेक्ट्रीक गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले आफ्ना ग्राहकहरुको सुविधा र बिक्रीपछिको सेवा  लाई थप मजबुत बनाउन ‘बीवाइडी अपडेट टु कियर प्लस’ योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत कम्पनीले विद्यमान तथा नयाँ बीवाइडी गाडी धनीहरुका लागि ५ आकर्षक सुविधाहरु ल्याएको छ।

नयाँ स्कीम अनुसार ग्राहकहरुले कियर प्लस (सर्भिस), कनेक्ट प्लस (मोबाइल एप) र प्रोटेक्ट प्लस (एक्सटेन्डेड वारेन्टी) गरी तीन मुख्य श्रेणीमा विशेष सेवाहरु प्राप्त गर्नेछन्।

केयर प्लसका थ्री पिलर्स

बिक्रीपछिको स्वामित्व अनुभवलाई नयाँ स्तरमा पु¥याउने उद्देश्यले यो अभियान तीनवटा पिलरमा तयार गरिएको छ।

केयर प्लसले बीवाईडीको आधिकारिक सर्भिस सिस्टममार्फत ग्राहकलाई बिक्रीपछिको उच्च स्तरीय सेवा उपलब्ध गराउनेछ। यसअन्तर्गत सवारीको विस्तृत निरीक्षण, जेन्युइन बीवाईडी स्पेयर पार्ट्स, प्रोफेसनल डायग्नोस्टिक सेवा तथा सर्टिफाइड बीवाईडी टेक्निसियनबाट सर्भिस उपलब्ध हुनेछ।

कनेक्ट प्लसमार्फत स्मार्ट कनेक्टिभिटी

कनेक्ट प्लसअन्तर्गत ग्राहकलाई सवारीसँग सम्बन्धित थप डिजिटल सुविधा लिन सहज बनाइनेछ। यसमा सिम एक्टिभेसन, बीवाईडी एप एक्टिभेसन, कनेक्टेड भेइकल फिचर तथा इन्फोटेनमेन्ट कनेक्टिभिटी समावेश छन्। यी सेवाका लागि बीवाईडी नेपालको आईओटी साझेदार एनसेलले सहयोग गर्नेछ।

प्रोटेक्ट प्लसले स्वामित्वलाई थप सुरक्षित बनाउने

प्रोटेक्ट प्लसअन्तर्गत ग्राहकलाई बीमा सम्बन्धी परामर्श, बीमा नवीकरणमा सहयोग, योग्य सवारीसाधनका लागि विस्तारित वारेन्टीसम्बन्धी जानकारी तथा सहजीकरण उपलब्ध गराइनेछ। यसमा १० वर्षसम्मको विस्तारित वारेन्टी सम्बन्धी सुविधा पनि समावेश छ।

त्यस्तै, दुर्घटना भएको अवस्थामा नगदरहित सेवा तथा बीमा दाबी प्रक्रियामा समन्वय र सहजीकरण गरिनेछ। यसका लागि बीवाईडी नेपालका बीमा साझेदार शिखर इन्स्योरेन्स र हिमालयन एभरेस्ट इन्स्योरेन्स (एचईआई) ले सहयोग गर्नेछन्।

बीवाइडीको ‘अपडेट टु कियर प्लस’ योजनाअन्तर्गत कम्पनीले आफ्ना उपभोक्ताहरुका लागि ५ प्रमुख सुविधाहरु सार्वजनिक गरेको छ। जसअनुसार बीवाइडी गाडी धनीहरुले ६ महिनासम्म प्रतिमहिना १० जिबीका दरले निःशुल्क एप कनेक्टीभिटी डेटा पाउनेछन् भने घरमा चार्जर प्रयोग गरिरहेका ग्राहकका लागि एक पटक निःशुल्क ‘होम चार्जर चेकअप’ सेवा उपलब्ध गराइनेछ।

यसका साथै, गाडीको डेन्ट-पेन्ट गराउँदा श्रमिकको ज्याला  मा १० प्रतिशत छुट, नयाँ स्पेयर टायर खरिद गर्दा १० प्रतिशत छुट र गाडीको तल्लो भाग सुरक्षित राख्ने अन्डरबडी ब्याट्री कभर  राख्दा १० प्रतिशत छुट प्राप्त हुनेछ।

सर्भिस नेटवर्क १९ पुर्‍याइने

ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्न साइमेक्स इंकले आफ्नो सर्भिस नेटवर्कलाई तीव्र रुपमा विस्तार गरिरहेको छ। कम्पनीका सीईओ साहिल श्रेष्ठका अनुसार हाल सञ्चालनमा रहेका १३ वटा सर्भिस सेन्टरलाई बढाएर छिट्टै १९ वटा पुर्‍याउन लागिएको छ। यस कदमले देशभरका बीवाइडी चालकहरुलाई सर्भिसिङ र मर्मतसम्भारमा थप सहजता मिल्ने कम्पनीको विश्वास छ।

Leave Your Comment

Related News