CLI
Global College

विद्युत बिक्री आम्दानी ३७.७८ करोड पुगेसँगै पाँचथर पावर कम्पनी नाफामा

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको छ।

कम्पनीले विद्युत बिक्रीमार्फत ३७ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीबाट ८ करोड ९० लाख रुपैयाँ कमाएको थियो । यसरी कम्पनीको विद्युत बिक्री आम्दानी ३२४.१६ प्रतिशतले बढेको छ ।

२०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएको तथा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनामा सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकर इक्यूपमेण्ट समेत क्षति भएका कारण अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा विद्युत बिक्रीमार्फत कुनै आम्दानी गर्न सकेको थिएन। सोको मर्मत कार्य सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएका कारण अघिल्लो आर्थिक वर्षको विद्युत बिक्री आम्दानीमा कमी आएको हो।

चौथो त्रैसमाससम्म कम्पनीको सञ्चालन खर्च १ करोड ६५ लाखबाट घटेर १ करोड २२ लाखमा सीमित बनेको छ । कम्पनीको कर्मचारी खर्च १ करोड १३ लाख र वित्त खर्च १३ करोड ६४ लाख रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.८५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८.६५ रुपैयाँ रहेको छ। ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Leave Your Comment

Related News