CLI

घट्यो सुनको मूल्य, चाँदीको भने बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ । बजारमा सुन प्रतितोला ३ लाख १ हजार ५ सय  रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ थियो ।

आज चाँदी भने २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ६४५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News