RE
Global College

विद्युत् बिक्री बढेपछि स्नो रिभर्सको नाफा २४१ प्रतिशतले वृद्धि

काठमाडौं । स्नो रिभर्स लिमिटेडले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीको नाफा २४१.५० प्रतिशतले बढेर ११ करोड १८ लाख १८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३ करोड २७ लाख ४३ हजार रुपैयाँ मात्र थियो।

विद्युत् बिक्री बढेका कारण कम्पनीको नाफामा सुधार आएको हो। कम्पनीले गत आवमा विद्युत् बिक्रीबाट ३७ करोड ७५ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवमा उक्त आम्दानी १८ करोड ६९ लाख ४० हजार रुपैयाँ थियो।

कम्पनीले गत आवको नाफाबाट १ प्रतिशत अर्थात् ११ लाख ४१ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व  कोषका लागि छुट्याएको छ।

९३ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ११ करोड ३३ लाख रुपैयाँ जम्मा छ। कम्पनीको प्रतिसेयर आम्दानी  १४.२१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.०१ रुपैयाँ रहेको छ। कम्पनीले १ अर्ब ८२ करोड रुपैयाँ दीर्घकालीन कर्जा लिएको छ।

NECO

Leave Your Comment

Related News