काठमाडौं । साउन २६ गते अर्थात् भोलिदेखि ३१ गतेसम्म हुने नेपाल अटोमोबाइल इन्डस्ट्रीको प्रतिक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को तयारी द्रुत गतिमा भइरहेको छ। प्रदर्शनीस्थलमा ५१ वटा स्टल निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
यसपटकको एक्स्पोमा ५५ भन्दा बढी चर्चित ब्रान्डका सवारीसाधन प्रदर्शित हुनेछन्, जसमा २० लाख रुपैयाँदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीसाधन मुख्य आकर्षण बन्नेछन्। एक्स्पोको अवसर पारेर दुईपाङ्ग्रेतर्फ १८ र चारपाङ्ग्रेतर्फ २९ गरी कुल ४५ भन्दा बढी मोडलका सवारीसाधन सार्वजनिक (लन्च) गर्ने तयारी गरिएको छ।
नयाँ सवारीसाधनको लन्चिङका साथै डिजिटल टिकटमा आकर्षक क्यासब्याक, स्वादिष्ट फुड कोर्ट र अटोमोबाइल क्षेत्रसम्बन्धी प्राविधिक ज्ञान आदानप्रदानका कार्यक्रमहरू एक्स्पोमा समावेश गरिएका छन्। गत वर्ष एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेको यस मेलामा यसपटक त्योभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य राखिएको छ।
विभिन्न ब्रान्डका हल र स्टल नम्बरहरू यस प्रकार रहेका छन्
एक्स्पोको हल ‘ए’ र ‘बी’ मा मुख्यतया चारपाङ्ग्रे तथा विद्युतीय सवारीसाधन रहनेछ भने बाइक तथा स्कुटर पारखीहरूका लागि हल ‘बी’, ‘सी’ र ‘डी’ मा विभिन्न ब्रान्डका सवारीसाधनहरू प्रदर्शनमा रहनेछन्।



