काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सोमबार भेतवार्ता गरेका छन् ।
प्रधानमन्त्री शाहसँग चीनका राजदूत माओमिङले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूतसँग पनि भेटवार्ता गरेका थिए ।


