काडमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ३० हजार ८८ कित्ता संस्थापक सेयर बिक्रीमा गरेको छ ।
संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका अन्य विद्यमान संस्थापक सेयरधनीहरूलाई नै दिनु पर्ने भएकाले हाल उक्त सेयर कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् ।
सेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ । उक्त समयभित्र संस्थापकबाट निवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ ।



