काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिने (मर्ज) भएका छन् । यो सँगै फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तले साउन २५ गते साँझ ५ बजे आपसमा मर्ज हुने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको महिला लघुवित्त बीच एकआपसमा गाभ्नेरगाभिने सम्बन्धमा दुई पक्षीय प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
साथै, नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्वन्धी निर्देशीका २०७९ को दफा ३(१) मा भएको व्यवस्था बमोजिम यस लघुवित्त वित्तीय संस्थाका आधारभुत शेयरधनीहरुको सोहि निर्देशीकाको दफा ७ मा भएको व्यवस्था बमोजिम साधारण सभा नभएसम्मको लागि शेयर कारोवार यथावत रोक्का राखिदिनको लागि अनुरोध गरिएको छ ।



