CLI

गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन

काठमाडौं । ‘मिस नेपाल २०२६’ दीपमाला ढकाल र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ ।

भेटवार्ता पछि ढकालले गभर्नर पौडेलसँगको मेरो भेट साँच्चिकै प्रेरणादायी रहेको बताएकी छिन् । उनले पौडेलसँग वित्तीय क्षेत्रको कुराकानी भएको बताईन् ।

‘हामीबीच भएको सबैभन्दा प्रभावशाली कुराकानीमध्ये एक वित्तीय संकटले मानिसको जीवनमा पार्ने असरबारे थियो। विशेषगरी, दुःखद रूपमा, ऋणको बोझ र आर्थिक दबाबले युवा जीवनलाई समेत कसरी अत्यधिक प्रभावित गर्न सक्छ भन्ने विषयमा हामीले गम्भीर छलफल गर्‍यौँ, ढकालले भनिन्,‘ त्यसैले वित्तीय साक्षरता, सहज रूपमा उपलब्ध वित्तीय सहयोग, आर्थिक अवसर र मानवीय संवेदनशीलतामा आधारित नीतिनिर्माण अत्यन्त महत्वपूर्ण छन्।’

उनले मिस नेपालका रूपमा आफ्नो आवाजमार्फत यस्तो नेपाल निर्माणमा योगदान पुर्‍याउने मेरो चाहना छ, जहाँ आर्थिक कठिनाइको सामना गर्नेहरूलाई समस्या मात्र होइन, समाधान र सहयोग पनि प्राप्त होस्—र जहाँ कुनै पनि युवाले आफ्नो वर्तमान परिस्थिति आफ्नो भविष्यभन्दा ठूलो भएको महसुस गर्न नपरोस् भनेकी छिन् ।

ऋण ठूलो हुन सक्छ, तर जीवनभन्दा ठूलो कहिल्यै नहुने बताउदै ढकालले ऋणको समाधान खोज्न सकिन्छस एउटा जीवनको विकल्प खोज्न नसकिने बताएकी छिन् ।

Leave Your Comment

Related News