CLI

आन्दोलनमा अर्थ मन्त्रालयको कागजातमा क्षति पुगेको छैन : अर्थ सचिव उपाध्याय

काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले २०८२ भदौ २३ र २४ को आन्दोलनका दौरान अर्थ मन्त्रालयको कागजातमा क्षति नपुगेको बताएका छन् ।

लेखा समितिको मंगलबारको बैठकमा अर्थ सचिव उपाध्यायले मन्त्रालय अन्तर्गत राजस्व तथा कागजातमा कुनै पनि प्रकारको क्षति नभएको स्पष्ट पारेका हुन् । उनले सो दिनमा पनि खर्च र आम्दानीका सबै प्रणालीहरू निरन्तर चलेको बताए ।

उपाध्यायले देशभरीका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको समेत कागजात नजलेको बताए । आन्तरिक लेखा परीक्षण पनि भएको अवस्थामा धेरै स्रेस्ता रिकभर गर्न सकिने अवस्था रहेको छ, हिसाब हेर्न सकिने अवस्था रहेको छ उनले बैठकमा भने ।

Leave Your Comment

Related News