काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन्।
गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा भारतको भूमि नेपालले मिचेको भन्ने आशयको जवाफ दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा उठेर विरोध गर्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति प्रष्टीकरण माग गर्दै आएका छन्। तर, हालसम्म प्रधानमन्त्री शाहले त्यस विषयमा प्रष्टीकरण दिएका छैनन्।
त्यसैगरी, उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख अर्यालले संसद् सचिवालयलाई निर्देशन नदिएको भन्दै विपक्षी दलहरूले विरोध जारी राखेका छन्।



