CLI

नाइमा एक्स्पोमा मुख्य आकर्षण मानिएको ‘‘होङ्ची ई एचएचस ९’ अझै आइपुगेन

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाल भित्रिने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन  ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पहिलो दिन अवलोकनकर्ताहरूको सबैभन्दा ठूलो पर्खाइ र चासो बनेको चिनियाँ प्रिमियम ब्रान्ड ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ कारहरू प्रदर्शनी स्थलमा अझै आइपुगेका छैनन्।

चिनियाँ राष्ट्रपतिले प्रयोग गर्ने ‘होङ्ची’ ब्रान्डको ‘होङ्ची ई एचएचस ९’ विद्युतीय  कार नाइमा अटो सो २०२६’ मा राखिने भएको छ । यसले नेपालीहरुको विलासी कार चढ्ने रहर पुरा गर्ने विश्वास लिइएको छ ।

‘होङ्ची ई एचएचस ९’ अतिविशिष्ट र लक्जरी गाडीको परिचय बनाएको हङछीलाई यसपटकको एक्स्पोको मुख्य आकर्षणका रूपमा हेरिएको छ। आधिकारिक वितरक एड्भान्स अटोमोबाइल्सका अनुसार प्राविधिक कारण सवारी साधनहरू समयमै प्रदर्शनी स्थलसम्म ल्याउन केही ढिलाइ भएको हो।

कम्पनीले आज मंगलबार ढिलो रातिसम्ममा हङछीका गाडीहरू भृकुटीमण्डपस्थित एक्स्पो स्थलमा आइपुग्ने जनाएको छ। त्यसपछि भोलि बुधबारदेखि यसका मुख्य मोडलहरू, विशेष गरी इलेक्ट्रिक लक्जरी एसयूभी‘होङ्ची ई एचएचस ९’  लाई औपचारिक रूपमा दर्शक तथा खरिदकर्तामाझ प्रदर्शनमा राखिने कम्पनीले बताए ।

नाइमा एक्स्पोको पहिलो दिन ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक भए पनि अटो पारखीहरू भने विशेषगरी ‘चिनियाँ रोल रोयस’ उपनामले चिनिने  ‘होङ्ची ई एचएचस ९’   लाई नजिकबाट हेर्न उत्सुक देखिएका छन्। कम्पनीले भोलिदेखि अवलोकनकर्ताहरूले यसको लक्जरी लुक र अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिन सक्ने बताएको छ।

Leave Your Comment

Related News