RE
Global College

सूर्यज्योति लाइफको नाफा ३८ करोड नाघ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आरथिक वर्षसम्म खुद नाफा ८.५५ प्रतिशतले बढेर रु. ३८ करोड २ लाख पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु. ३५ करोड २ लाख मात्र थियो।

समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क १५.७३ प्रतिशत र कुल आम्दानी १२.९८ प्रतिशतले बढेको छ। अघिल्लो आवमा कम्पनीको आम्दानी १५ अर्ब १३ कारोड ४७ लाख रुपैयाँ थियो गत आवमा बढेर १७ अर्ब ९ कारोड ९० लाख रुपायँ पुगेक व्यवसाय विस्तार भएसँगै कम्पनीको खुद दाबी भुक्तानी १४.०८ प्रतिशत तथा कुल खर्च १३.५० प्रतिशतले उकालो लागेका छन्।

५ अर्ब १ करोड १९ लाख चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको प्रतिशेयर आम्दानी रु. ७ रुपैयाँ ५९ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६० पैसाले कम हो। सो अवधिसम्ममा कम्पनीको मूल्य–आम्दानी अनुपात ५४.४४ गुणा र प्रतिशेयर शुद्ध सम्पत्ति (नेटवर्थ) रु. १२२ रुपैयाँ ६८ पैसा रहेको छ।

यसका साथै, कम्पनीको वित्तीय स्थिति थप सुदृढ बनाउन महाविपत्ती कोषमा रु. ४५ करोड ८० लाख, रिटेन्ड अर्निङ्गमा रु. ६० करोड ९२ लाख र अन्य इक्विटीमा रु. ६ करोड ९३ लाख सञ्चित रहेको छ।

NECO

Leave Your Comment

Related News