काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वेत्तम पेन्ट्स लिमिटेड को ३४ लाख कित्त सूचिकृत भएको छ । उकत कम्पनीले सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गरेको ८ लाख ५० हजार कित्ता साधारण सेयर र २५ लाख ५० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको छ । नेप्से सर्वेत्तम पेन्ट्सलाई SAPIL सिम्बोल दिएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


