CLI

लागत बढेपछि युनिलिभर नेपालको नाफा घट्यो

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ।

अघिल्लो आवमा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको युनिलिभरले गत आवमा १ अर्ब ५७ करोड मात्र कमाएको छ। कम्पनीको सञ्चालन आम्दानी घटेको र खर्च बढेकाले नाफा घटेको छ।
कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँबाट घटेर ७ अर्ब ९१ १३ करोड ६० लाख रुपैयाँ कायम भएको छ।

यता, कम्पनीको खर्च अघिल्लो आवको ५ अर्ब ९६ करोड ५८ लाख रुपैयाँबाट २.२ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड २० लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४२९ रुपैयाँ ५३ पैसा घटेर १ हजार ७१२ रुपैयाँ २७ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५ हजार ५३९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.५७ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ अर्ब ७७ करोड ३६ लाख रुपैयाँ रहेको छ।

नाजुक आर्थिक अवस्था, चर्को प्रतिस्पर्धा र कच्चा पदार्थ तथा ढुवानी भाडामा भएको मूल्यवृद्धिका कारण युनिलिभर नेपालको सञ्चालन लागत बढेर समग्र नाफामा असर परेको छ। यस चुनौतीको सामना गर्न कम्पनीले बिक्रीको परिमाण बढाउने, ब्रान्ड मजबुत बनाउने, डिजिटल क्षमता अभिवृद्धि गर्ने र अनुशासित लागत व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ।

आगामी दिनमा पनि केही लागतको दबाब जारी रहने अनुमान गरिए तापनि, मूल्य समायोजन र नयाँ बजेटले ल्याएको कर छुट तथा तलब वृद्धिका नीतिहरूले उपभोक्ताको क्रयशक्ति र कार्यसम्पादनमा सुधार ल्याउनेमा व्यवस्थापन सतर्कतापूर्वक आशावादी देखिन्छ।

Leave Your Comment

Related News