काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १२.१४ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको बीमाशुल्क आयाजन ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ बाट १२.१४ प्रतिशतले बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाव पुगेको छ ।
यता, कम्पनिले गत आवम ६८ अर्ब ३० करोड ८४ लाख रुपायँ कुल आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनाम ८.८२ प्रतिशत बढी हो । अघिल्लो आवमा इन्स्योरेन्सले ६८ अर्ब ३० करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
खुद दाबी भुक्तानी र खर्चमा वृद्धि भएकाले कम्पनीको नाफामा गिरावट आएको हो।
त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.५२ प्रतिशत र कुल खर्च १०.१२ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ९१ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १५२.७० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसा रहेको छ।
९ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १ अर्ब ५४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ सञ्चित छ।


