काठमाडौं । नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको १ करोड २ लाख २५ हजार कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १९ करोड २६ लाख रुपैयाँले घटेको हो । बुधबार कारोबार रकम ४ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ थियो।
सेन्सेटिभ इन्डेक्स ०.९७ अंकले बढेर ४६४.५९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.६० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३६ अंकले बढेको छ ।
यस दिन १० उप समूह बढेका छन् भने २ उप समुह घटेको छ र व्यापार समूह सथिर रहेको छ । बैंकिङ ०.३९ प्रतिशतले,विकास बैंक ०.५३, वित्त ०.०१, होटल्स तथा पर्यटन समूह ०.३६, जलविद्युत ०.५६, जीवन बीमा ०.२०, उत्पादन र प्रशोधन ०.५७, लघुवित्त ०.२२, निर्जीवन बीमा ०.५२ र अन्य समूह ०.३१ प्रतिशतले बढेका छन्। लगानी ०.४९ र म्युअुचल फण्ड ०.२२ प्रतिशतले घटेका छन् ।
यस दिन २ कमपनीको शेयर मूल्य १५ प्रतिशतले बढेको छ । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको शेयरमल्य करिब १२ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १६ करोड ६६ लाख रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।


