CLI
Global College

राष्ट्रिय स्तरका विकास बैंकहरूको नाफा ६३.८२% ले बढ्यो, कुनको कति ?

काठमाडौं । राष्ट्रिय स्तरका ८ वटा विकास बैंकको खुद नाफामा सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२।०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा सुधार देखिएको हो ।

गत आर्थिक वर्षमा आठ विकास बैंकले ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६३.८२ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकले ५ अर्ब २८ करोड ५७ लाख ४५ हजार रुपैयाँ नाफा कमाएका थिए ।

८ मध्यै सबै भन्दा धेरै नाफा कमाउने बैंकमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकले चौथो त्रैमाससम्मको अवधिमा आफ्नो मुनाफा ३५.३४ प्रतिशतले बढाएर १ अर्ब ६८ करोड ८६ लाख ६६ हजार रुपैयाँ पुराएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको मुनाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा वृद्धि गर्ने बैंकमा ज्योति विकास बैंक पहिलो स्थानमा रहेको छ । बैंकको नाफा ९०२ प्रतिशतले बढेर १ अर्ब ५९ लाख ५२ हजार रुपैयाँ पुराएको हो ।

मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ८३ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ८२ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख, कामना सेवा विकास बैंकको ३३.५१ प्रतिशतले बढेर ८९ करोड ४१ लाख र सांग्रिला डेभलपमेन्ट बैंकको ४६ प्रतिशतले बढेर ८८ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

यता, लुम्बिनी विकास बैंकको २५२ प्रतिशतले बढेर ८५ करो १० लाख र महालक्ष्मी विकास बैंकको ४८ प्रतिशतले बढेर ६२ करोड ९९ लाख रुपैयाँ नाफा पुगेको हो ।

समग्रमा राष्ट्रिय स्तरका आठ विकास बैंकमध्ये सबैको नाफा बढेको देखिएको छ। नाफा वृद्धिमा ज्योति विकास बैंक सबैभन्दा अगाडि रहे पनि कुल नाफा रकमका आधारमा गरिमा विकास बैंक शीर्ष स्थानमा रहेको छ।

Leave Your Comment

Related News