CLI

कुमारी बैंकद्वारा १० लाख बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंकको गढवा शाखाले परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाबापत १० लाख रुपैयाँ बीमा दाबी रकम लाभग्राहीलाई हस्तान्तरण गरेको छ ।

श्रीमती खुमा पौडेलका श्रीमान्‌को दुर्घटनामा परी निधन भएपछि परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा गरी बैंकले उक्त रकम हस्तान्तरण गरेको हो । बैंकका अनुसार बीमा दाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ । परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पुर्‍याउने बैंकको अपेक्षा छ ।

विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म वित्तीय सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता सुविधा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । बैंकका अनुसार यसले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउँदै आवश्यक समयमा ग्राहक तथा उनीहरूका परिवारलाई वित्तीय सहयोग पुग्नेछ ।

कुमारी बैंकले विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकका अनुसार हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ बिन्दुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सेवा विस्तार गर्दै ग्राहकको वित्तीय सुरक्षा सुदृढ बनाउन विभिन्न निक्षेप, बीमा तथा बैंकिङ सेवा सञ्चालन गर्दै आएको जनाएको छ ।

Leave Your Comment

Related News