CLI

सुदूरपश्चिमको नयाँ मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका छन्।

नेकपा एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई प्रदेश प्रमुख मियाँले दाबी पेस गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्री भट्टले शुक्रबार दिउँसो ३ बजे प्रदेश प्रमुख मियाँसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।

यसअघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार साँझ आह्वान गरेका थिए।

एमालेको समर्थनमा बहुमत जुटाएर भट्टले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन्।

Leave Your Comment

Related News