काठमाडौं ।बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी नीति २०८३ लाई प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरिएको छ ।
व्यवस्थित सहरी विकासलाई लक्षित गरी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बागमती प्रदेश सहरी नीति २०८३ स्वीकृत भएपछि कार्यान्वयनमा जोड दिइएको मन्त्रालयका प्रवक्ता मदनकुमार आलेमगरले जानकारी दिए ।
बागमती प्रदेशअन्तर्गतका सहरको दीगो, उत्थानशील, पर्यावरणमैत्री र सन्तुलित सहरी विकास सुनिश्चित गर्न नीति तय गरिएको उनले बताए ।
प्रदेशअन्तर्गत नुवाकोट, धादिङ र रसुवाका तीन स्थानमा व्यवस्थित सहरी बस्ती विकासको योजनासहित पाइलट प्रोजेक्टका रुपमा काम सुरु भएको उनले बताए ।


