CLI

प्रभु महालक्ष्मी लाइफले साढे ३७ अर्ब कमायो नाफा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफा बढेको छ । गत आर्थिक वर्ष (आव)  २०८२/०८३ मा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले गत वर्षमा ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आव  २०८१/८२ मा कम्पनीको नाफा ३७ करोड ७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको कुल आम्दानी ६ अर्ब ६१ करोडबाट बढेर गत वर्ष ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ६ अर्ब २४ करोडबाट बढेर ७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ४० हजार ३५८ वटा बीमा पोलिसि बिक्री गरेका छ । अघिल्लो वर्ष १ लाख २९ हजार २७२ वटा पोलिसि बिक्री गरेको थियो ।

गत आवको असार मसान्तसम्म कम्पनीले दिर्घकालका लागि १३ अर्ब ८ करोड र अल्पकालका लागि ७ अर्ब ७५ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगनी गरेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ३२.७५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १३ अर्ब ८३ करोड रुपैयाँ रहेको कोषमा गत आवको अन्त्यमा १८ अर्ब ३६ करोड पुगेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ७.०८ रुपैयाँ, प्रति शेयर नेटवर्थ ११६.५८ रुपैयाँ र प्रति शेयर सम्पत्तिको मूल्य ४८५.३० रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो घटेर १.९१ गुणामा झरेको छ । अघिल्लो वर्ष १.९६ गुणा थियो ।

 

 

Leave Your Comment

Related News