RE
Global College

महासचिवमा पाण्डेको उम्मेद्बारी

वासिङ्टन डीसी। भर्जिनिया, फेयरफक्सस्थित हिल्टन होटलमा १४-१६ अगस्टसम्म जारी नेपाली जनसम्पर्क समिति, अमेरिकाको तेस्रो अधिवेशनमा बौद्धिक व्यक्तित्व प्रतिक पाण्डेले महासचिव पदमा उम्मेद्बारी दिने भएका छन्।

नेपाली कांग्रेसको सुभेच्छुक यो संस्थाले वर्षौंदेखि लोकतन्त्र र नेपालीहरूको हकहितमा आवाज उठाउने गरेको छ।

धरान स्थित पुर्वान्चल इन्जिनियरिंग क्याम्पसमा नेपाल बिद्यार्थी संघको उपाध्यक्षबाट राजनीतिमा प्रवेश गर्दै सुनसरी तरुण दलमा विभिन्न जिम्मेवारी पुरा गरेका पाण्डे २० वर्षदेखि अमेरिकामा छन्।

६२-६३ को जन आन्दोलनमा शान्तिका लागि साझा अभियान(कोक्याप), जसले जन आन्दोलनको सचिवालय नै चलाएको थियो, को सचिवालयको एक प्रमुखको रूपमा समेत पाण्डेले जिम्मेवारी बहन गरेका थिए।

झण्डै एक दशक नेपालमा मानव अधिकार तथा दलित अधिकारको क्षेत्रमा काम गरेका पाण्डे जन सम्पर्क समितिका उपाध्यक्ष तथा क्यालिफोर्निया च्याप्टरका महासचिव भैसकेका छन्।

NECO

Leave Your Comment

Related News