CLI
Global College

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २५ गुणाभन्दा बढीले बढ्यो, ४ करोड २६ लाख पुग्यो

काठमाडौं । माइक्रो इन्स्योरेन्स कम्पनीको  नाफामा उल्लेख्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष (आव) २०८२/८३ मा  कम्पनीको खुद नाफा ४ करोड २६ लाख १० हजार रुपैयाँ पुगेको छ।  अघिल्लो आव २०८१/ ८२ को सोही अवधिमा कम्पनीको खुद नाफा १६ लाख ५७ हजार रुपैयाँ मात्रै थियो। यसअनुसार कम्पनीको खुद नाफा एक वर्षमा २५ गुणाभन्दा बढी अर्थात् करिब २ हजार ४७२ प्रतिशतले वृद्धि भएको हो।

बीमा व्यवसाय विस्तारसँगै प्रिमियम आम्दानी बढ्यो
कम्पनीको कुल आर्जित बीमा प्रिमियम गत   आवको चौथो त्रैमाससम्म २९ करोड ७० लाख ४८ हजार रुपैयाँ पुगेको छ।  अघिल्लो आवको सोही अवधिमा यस्तो प्रिमियम १९ करोड ३६ लाख ९६ हजार रुपैयाँ थियो।

त्यस्तै, पुनर्बीमा लगायतका लागि तिरेपछि बाँकी रहने खुद आर्जित प्रिमियम १२ करोड ४१ लाख ८० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवमा  यस्तो रकम ७ करोड ६० लाख ७३ हजार रुपैयाँ थियो।
कम्पनीले कमिसन आम्दानीबाट ३ करोड ८२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आवमा  यस्तो आम्दानी १ करोड ८१ लाख ७९ हजार रुपैयाँ थियो।
यद्यपि, लगानी तथा कर्जाबाट प्राप्त आम्दानी भने घटेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ३ करोड ४७ लाख १० हजार रुपैयाँ रहेको छ। अघिल्लो आवको सोही अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ३ करोड ९७ लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो।

कुल आम्दानी २५ करोड ७६ लाख
कम्पनीको कुल आम्दानी  गत  आवको चौथो त्रैमाससम्म २५ करोड ७६ लाख ५७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल आम्दानी १४ करोड ५५ लाख ८५ हजार रुपैयाँ थियो। यसअनुसार कम्पनीको कुल आम्दानी करिब ७७ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको कुल खर्च १९ करोड ६७ लाख ८५ हजार रुपैयाँ रहेको छ। गत वर्ष कुल खर्च १४ करोड १८ लाख १५ हजार रुपैयाँ थियो।
दाबी भुक्तानी बढ्दा नेट क्लेम ५ करोड ७१ लाख
कम्पनीको खुद दाबी खर्च पनि बढेको छ।  गत   आवको चौथो त्रैमाससम्म नेट क्लेम इन्कर्ड ५ करोड ७० लाख ९४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो रकम २ करोड ७५ लाख २९ हजार रुपैयाँ थियो।
यसरी बीमा व्यवसायको आकार विस्तारसँगै कम्पनीको प्रिमियम आम्दानी बढेको भए पनि दाबी खर्चमा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ।
ईपीएस ५.६८ रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ६८ पैसा पुगेको छ। अघिल्लो आवको सोही अवधिमा ईपीएस २२ पैसा मात्रै थियो।
समग्रमा प्रिमियम आम्दानीमा भएको वृद्धि, कमिसन आम्दानी बढ्नु तथा सञ्चालन आम्दानीमा भएको सुधारले कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।

 

Leave Your Comment

Related News