CLI

६ बर्षको लागि १० अर्व आन्तरिक ऋण उठाउदै सराकर

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्र- २०९०  मार्फत १० अर्व आन्तरिक ऋण उठाउने भएको छ ।   विकास ऋणपत्र-२०९० (णफधभ०७०७२-९० ) मार्फत ऋण पत्र उठाउन लागेको हो ।

सार्वजनिक ऋण व्यबस्थापन कार्यालयका अनुसार यो ऋण पत्र   ७ वर्षे अवधिको हुनेछ । २०८३ भाद्र ३ बुधबार बिहान ९ बजे देखी ३ बोलकबोलमा भाग लिन पाउनेछन् । बोल कबोलमा सहभागी हुन चाहनेले सो सयम भित्र सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयको DOMS https://doms.gov.np/csd/MainTree.do बाट  बोलकबोल गर्नु पर्नेछ  । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०९० भाद्र  ४ गतेलाई तोकिएको छ ।

ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टर पार्टी) मात्र सहभागी हुन पाउने छन् । काउन्टर पार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा ४ अंकसम्म) उल्लेख गर्नुपर्नेछ ।

बोल- कबोल  गर्न सकिने रकम न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म तोकिएको छ ।  बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने र ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहु ब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई विकास  ऋणपत्र बिक्री गरिने छ ।

यो विकास ऋणपत्र धोतो राखी कर्जा  लिन दिन पाइनेछ भने यसको दोस्रो बजार नेपाल स्टक एक्चेन्ज मार्फत कारोवार हुनेछ ।

 

Leave Your Comment

Related News