काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य २ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
त्सयतै, चाँदी भने ९५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ७५५ रुपैयाँ थियो


