काठमाडौं । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिंगले यहि बिहिबारदेखि टाटा कार्निभलको चौथो संस्करण सुरु गर्न लागेको छ। ४ भदौदेखि ७ भदौसम्म चल्ने यस क्याम्पमा पुराना गाडीसँग हालै नेपालमा लन्च गरिएको नयाँ पन्च इभि र नयाँ टियागो इभिसंग साट्न सकिने कम्पनीले जनाएको छ । पुरानो गाडीलाई डाउनपेमेन्टको रुपमा राखेर टाटा मोटर्सको नयाँ गाडीहरू लैजान सकिने कम्पनीले जनाएको छ ।
योजना अवधिभर टाटाका गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले बेस्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट र निःशुल्क एसेसोरिज र निःशुल्क होम चार्जिङ जडान जस्ता विशेष सहुलियतहरू प्रदान गरेको छ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पन्च इभी’ र नंया टियागो इभि विशेष अफरसहित सार्वजनिक गरिएको थियो। नयाँ पन्च इभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ भने नंया टियागो इभिको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ।
अत्याधुनिक ‘एक्टि.इभि’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन्। यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, BNCAP ५-स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५C DC फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ।
दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन्।


