काठमाडौं । नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनीको ९५ लाख ७६६ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ६२ करोड ५९ लाख रुपैयाँले बढेको हो । बुधबार कारोबार रकम ३ अर्ब ७७ करोड ५५ लाख रुपैयाँ थियो।
यस दिन, सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढेर ४६२.८९ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.४२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.५५ अंकले बढेको छ ।
यस दिन ६ उप समूह बढेका छन् भने ७ उप समुह घटेको छ । बैंकिङ ०.२८ प्रतिशतले, जलविद्युत ०.९९, लगानी ०.०५,जीवन बीमा ०.०१, उत्पादन र प्रशोधन ०.७४ र अन्य समूह ०.०९ प्रतिशतले बढेका छन् । विकास बैंक ०.३७, वित्त ०.१९, होटल्स तथा पर्यटन समूह ०.०५, लघुवित्त ०.०६, म्युअुचल फण्ड ०.६५, निर्जीवन बीमा ०.४८ र व्यापार समूह ०.२१प्रतिशतले घटेका छन् ।
यस दिन पनि माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको च । माउन्ट एभरेष्ट पावरको शेयरमूल्य निरन्तर सातौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो भने सर्वोत्तम पेन्ट्सको शेयर निरन्तर छैटौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य साढे ६.६३ बढेको छ।
कारोबार रकमका आधारमा यस दिन नौ वर्षे एग्रीकल्चरल बण्ड पहिलो स्थानमा रहेको छ। यस दिन ५० करोड ६५ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ३० करोड ४ लाख रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको २२ करोड रुपैयाँको शेयर किनबेच भएको छ।



