काठमाडौं । हिमालयन बैंक लिमिटेडले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको ऋणपत्रको सूचीकरण खारेज हुने भएको छ । बैंकले १० प्रतिशत ब्याजदर रहेको ७ वर्ष अवधिको हिमालयन बैंक डिबेञ्चर, २०८३ जारी गरी दोस्रो बजारमा सूचीकृत गराएको थियो ।
प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र भदौ ८ गते परिपक्व हुने भएकाले नेप्सेलाई सूचीकरण खारेजको व्यवस्था मिलाउन बैंकले भनेको हो । ऋणपत्र परिपक्वपछि पाकेको ब्याजदर र साँबा रकम समन्धित ऋणपत्रधनीहरूले प्राप्त गर्नेछन् ।



