RE
Global College

अब बैंकबाहेक अन्य योग्य कम्पनीले पनि ऋणपत्र जारी गर्न पाउने, सेबोनद्वारा नियमावलीको मस्यौदा जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई विविधिकृत, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव माग गरेको छ।

हाल बैंक तथा वित्तीय संस्थामा मात्र मुख्य रूपमा सीमित रहेको ऋणपत्र बजारलाई विस्तार गरी अन्य योग्य संगठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन सहज बनाउने लक्ष्यसहित यो मस्यौदा तयार पारिएको हो। यस नयाँ व्यवस्थाले संगठित संस्थाहरूको बैंक कर्जामा रहेको अत्यधिक निर्भरता घटाउनुका साथै ब्याजदर स्थायित्व र वित्तीय प्रणालीमा जोखिम न्युनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने  बोर्डले अपेक्षा गरिएको छ।

बोर्डले मस्यौदामाथि सरोकारवालाबाट सूचना प्रकाशित भएको मितिले सात दिनभित्र राय तथा सुझाव मागेको छ। सुझाव बोर्डको इमेलमा पठाउन सकिने व्यवस्था गरिएको छ।

सेबोनले नेपालको पुँजी बजारलाई हालको ‘इक्विटी केन्द्रित बजार’बाट ‘बहु–उत्पादनयुक्त पुँजी बजार’ मा रूपान्तरण गर्ने लक्ष्यसहित पुँजी बजार विकास मार्गचित्र २०८३ अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीतिमा समेत संस्थागत ऋणपत्र बजार विकास गर्ने कार्यक्रम राखिएको छ।

यस्तो छ ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३ को मस्यौदा

NECO

Leave Your Comment

Related News